काठमाडौं । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर आयोगले असार २९ गते राप्रपा नेपाललाई पत्र लेख्दै गाई चुनाव चिह्न दिन नमिल्ने जानकारी गराएको थियो ।
निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपालले सर्वोच्चमा रिट दिएको थियो ।