सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पछिल्लो समय खानेपानीका लागि पकुवा खोलामा पुगेर श्रमदान गरिरहेका छन् । असार पहिलो साताबाटै प्रत्येक शनिबार उनी धरान ११ र २० वडाको सिमाना सर्दु खोलापारि खानेपानीको पाइप विस्तारमा स्थानीय बासिन्दासँगै खटिइरहेका छन् ।
११ र १७ वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन नगर प्रमुख राई आफैं पकुवा खोलामा खटिएका हुन् । उनले अरूलाई हौस्याउँदै आफैं ढुंगा बोक्ने, पाइप घिसार्ने, बेल्चा हान्ने, गारो लगाउने र गिट्टी कुट्ने काम गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले प्रशंसा गरिरहेका छन् भने कतिपयले उनलाई ‘कुल्ली मेयर’ को संज्ञा दिएका छन् ।
उपमहानगरको विकास निर्माण र उन्नतिका लागि नीति–निर्माण र निर्देशन गर्नुपर्नेमा आफैं दौडेको आरोप लगाएका छन् ।