काठमाडौँ, मंगलबार बिहान कैलालीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । उक्त दुर्घटनामा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएको छ ।
उक्त घटना पश्चात स्थानियले प्रदर्शन थालेका थिए । स्थिति थप तनावग्रस्त भएपछी प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले प्रहरीमाथि ढुंगमामुडा प्रहार गरेर घाइते बनाएका छन् ।
साथै प्रहरीको बल प्रयाेगबाट केही सर्वसाधारणसमेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी एवं सशस्त्र प्रहरीबलसमेत खटिएको छ ।