के र कसका लागी जनमत संग्रह ? भन्दै गगन थापाले लगाए गम्भीर आरोप, आखिर के भने त थापाले ?

काठमाडौँ, स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत र सरकार बीच ११ बुँदे सहमति भए बारे त हामी सबै अवगत नै छौँ । यसै सन्दर्भमा बोल्दै आईतबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा सांसद गगन थापाले सी. के. राउतसंग भएको ११ बुँदे सहमतिको विस्तृत जानकारी गराउन माग गरेका छन् ।

उनले सरकार र राउत बीच भएको सहमतिबारे संबिधानको पृष्ठभूमीमा मधेश र मधेशीको हक खोजिने सहमति सकारात्मक भएको बताउँदै कतै सरकार र अदालत बीच कतै मिलेमत्तो भएको त होइन भन्दै आरोप पनि लगाएका छन् । उनले सहमतिमा प्रयोग भएका शब्दावलीको दुई पक्षको आआफ्नै व्याख्याले सकारात्मक व्याख्यालाई संशयको घेरामा ल्याएको बताएका छन् ।

उनले भने, ‘केका लागि जनमत संग्रह? कसका लागि जनमत संग्रह? हामीलाई उत्तर चाहिन्छ । अत सहमतिबारे सदनलाई जानकरी गराउन र यस विषयमा सदनमा छलफलको प्रबन्ध गर्न सरकारलाई सभामुखमार्फत् अनुरोध गर्दछु ।’

गत शुक्रबार सर्वोच्च अदालतले राउतलाई रिहा गर्न आदेश दिनु, त्यसकै भोलिपल्ट सरकार र आउट बीच ११ बुँदे सहमति हुनु र सहमतिमा प्रयोग भएका शब्दावलीहरुबारे दुवै पक्षको आ-आफ्नै व्याख्या हुनुले यस कुरालाई रहश्यमयी बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया