केपी ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे, सनकले देश चल्दैन : गगन थापा !

फाइल फोटो

काठमाडौँ, नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीले देशलाई पुन अशान्ती र द्वन्दतर्फ धकेल्न खोजेको बताएका छन् ।

 अर्घाखाँचीको सन्धिखर्कमा महिला संघद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने दाबी गरेका छन् । उनले भने, ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भया । अहिले केपी ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन ।’

ओली सरकारले दुई तिहाइको दम्भले सरकार तानाशाही बनाउन तर्फ लागेको बताएका छन् । सरकारले अझै सम्म पनि भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको आरोप पनि लगाएका छन् ।

साथै नेता थापाले संसदमा विपक्षी दल काँग्रेस पनि छ भन्ने हेक्का नराख्नु ओलीको लागी भुल हुने बताएका छन् । उनले देशलाई बचाउन अब कांग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया