काठमाडौं महानगरपालिकाले आफ्नै पैसा खर्च गरेर कलाकार यम बुद्धको सालिकसहितको पार्क बनाउने निर्णय गरेको छ । महानगरले सालिक र पार्क निर्माण गर्नका लागि साढे एक करोड बजेट विनियोजनसमेत गरेको पाइएको छ ।
र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ताका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो ।
‘उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने छन् । अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्’ प्रवक्ता मानन्धरले भने ।