काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । बिाहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जना उपस्थित रहेको बताइएको छ ।
चितवनको बाराही जंगल लजमा भएको बिहेमा गायिका इन्दिरा अत्यन्तै सुन्दर देखिएकी थिइन् । । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने बताइएको छ ।







