काठमाडौं । राजधानीको नैकापमा बस दुर्घटना भएको छ । थानकोट–रत्नपार्क चल्ने बा ३ ख ९७७३ नम्बरको चन्द्रागिरी यातायातको बस र ना ५ द ख ९७५२ नम्बरको मालवाहक ट्रक एकआपसमा ठक्कर खाएको हो ।
नैकापको बल्खु पुलमा ठक्कर खाँदा बसमा सवार आधादर्जन भन्दा बढी घाइते भएका ट्राफिक प्रहरी थानकोटले जनाएको छ । घाइतेहरुको ओम समाज अस्पताल नैकाप, बल्खुमा उपचार भइरहेको छ ।
बसलाई ठक्कर दिएपछि ट्रकचालक फरार भएका छन् । उनको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।