काठमाडौँ, काठमाडौँको अनामनगरमा रहेको एक कार्यालयमा चोरी गरेर झ्यालबाट हाम फाल्दाफाल्दै एक युवक पक्राउ परेका छन् । सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयको दराजमा रहेको ६ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दाभाग्दै उनलाई पक्राउ गरिएको हो ।
धरान नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका कृतन राई रंगेहात पक्राउ परेका छन् । ललितपुर पाटन घर भएका निशान भन्ने खगेन्द्र श्रेष्ठले उक्त पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालय संचालन गर्दै आइरहेका छन् ।
यस अघिपनि राईले सोही कार्यालयबाट ल्यापटप समेतको धनमाल चोरी गरी सो मुद्दामा २ वर्ष कैद सजाय भोगेर कारागारबाट भुक्तान गरी छुटेको १ महिना नबित्दै फेरी चोरी गरेका प्रहरीले बताएका छन् ।