वि.सं. २०७६ असोज १०, शुक्रबार, इ.स. २०१९ सेप्टेम्बर २७, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, चतुर्दशी, २६:४७ उप्रान्त औंसी, नक्षत्र– पूर्वफाल्गुनी, २५:०१ बजेउप्रान्त उत्तरफाल्गुनी,योग– शुभ, २५:३४ बजेउप्रान्त शुक्ल, करण– भद्रा, १६:०० बजेदेखि शकुनि, २६:४७ बजेउप्रान्त चतुष्पद, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २९ घडी ७ पला, शस्त्र-अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध, नलाश्वनेचह्रे पूजा। जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान। पर्यटन दिवस। कृष्ण प्रणामी– प्राणनाथजीको जन्मोत्सव।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइँ सांसारिक कुराहरुलाई भुलेर आध्यात्मिक प्रवृत्तिमा संलग्न रहनु हुनेछ । गूढ़ रहस्तमयी विद्या र गहिरो चिन्तनशक्तिले तपाइँको मानसिक भारलाई हल्का गराउनेछ । आध्यात्मिक सिद्धि प्राप्त गर्ने योग छ । वाणीमा संयम राख्नु होला । हितशत्रुले हानी पुर्याउन सक्दछन् । नयाँ कार्यको शुरुवात नगर्नु नै उचित हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथीसाँगा निकटताको अनुभव गर्नु हुनेछ । परिवारको साथ सामाजिक समारोहमा बाहिर घुम्न या पर्यटनमा जानु हुनेछ र आनन्दमा समय व्यतित गर्नु हुनेछ । तन-मनबाट प्रसन्नता अनुभव गर्नु हुनेछ । सार्वजनिक जीवनमा व्यश र कीर्ति मिल्नेछ । व्यापारी व्यापारमा विकाश गर्न सक्नेछन् । भागीदारीबाट लाभ हुनेछ । आकस्मिक धनलाभ र विदेशबाट समाचार मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अधुरा कार्यको पूर्णताको लागी आजको दिन निकै शुभ रहेको छ । परिवारमा आनंद र उल्लासको माहोल रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । कार्यमा यश र कीर्ति मिल्नेछ । क्रोधमा काबु र वाणीमा संयम राख्नु होला । धन प्राप्तीको योग छ । आवश्यक खर्च हुनेछ ।प्रतिस्पर्धी माथि विजय प्राप्ती हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन शारीरिक र मानसिक रूपले उद्वेगपूर्ण रहनेछ । आकस्मिक धन खर्च हुने सम्भावना छ । पेट दुखाइको समस्या आउनेछ । प्रेमीजन बीच वादविवाद हुने सम्भावना छ । । विपरीत लिंगीय पात्र तर्फ आकर्षण अथवा अत्यधिक कामुक्ताले तपाइँलाई संकटमा ल्याउन सक्दछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक अस्वस्थता रहनेछ । परिवारजनको साथ मनमुटावको अवस्था आऊनेछ । आमाको साथ मनमुटाव या स्वास्थ्यमा खराबी आउन सक्दछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाइँको आजको दिन आर्थिक एवम् व्यावसायिक दृष्टिकोणले लाभदायी रहनेछ । धन लाभको साथै लामो समयको लागी धन आयोजन पनि गर्न सक्नु हुनेछ । व्यापार विस्तारको योजना बन्नेछ । शरीर एवम् मन देखि नै ताजापनको अनुभव गर्नु हुनेछ । मित्र तथा स्वजनको साथ आनन्द-प्रमोदमा दिन बित्नेछ । छोटो यात्रा या प्रवासको सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दुन मध्यम फलदायी रहनेछ । विचारको सम्वृद्धि बढ्नेछ । वाणीको सहायताले लाभकारी तथा मेलजोलको सम्बन्ध बनाउन सक्नु हुनेछ । व्यवसायिक रुपले लाभदायी दिन रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ लिन सक्नु हुनेछ । सुख र आनंद प्राप्ती हुनेछ । शुभ समाचार मिल्नुका साथै आनन्ददायी प्रवासको योग छ । उत्तम वैवाहिक सुखको अनुभूति हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ योजना शुरु गर्नको लागी आजको दिन अनुकुल छ । व्यवसाय गर्नेहरुको लागी सरकारको तर्फबाट लाभ हुनेछ । नोकरी पेशा भएकाहरुले शिर्ष अधिकारीहरुको कृपा दृष्टि पाउने योग छ । भाई-वन्धु र छिमेकीको साथ मैत्रीपूर्ण सम्बन्ध रहनेछ । शारीरक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ । लामो प्रवासको आयोजना बन्ने योग छ । प्रतिस्पर्धीहरु समक्ष विजय प्राप्त गर्न सक्नु हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन तपाइँको लागी शुभ फलदायी रहनेछ । व्यवसायिक स्थलमा अनुकुल वातावरण प्राप्त हुनेछ । शिर्ष अधिकारीहरु प्रशन्न रहनेछन् । कार्य सफलता प्राप्त गर्न सरल हुनेछ । मान-प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरीमा पदोन्नति हुनेछ । गृहस्थी जिवनमा आनन्दको वातावरण छाउनेछ । व्यापारिक उदेश्यले कहिँ बाहिर जाने योग छ । सन्तानको प्रगतिले सन्तोष अनुभव हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक र मानसिक ताजापनको साथ घरमा आनन्दको वातावरण छाउनेछ । मित्र एवम् स्नेहीजनको साथ भेट हुनेछ । मित्रबाट लाभ हुनेछ । शुभकार्यको आरम्भको लागी आजको दिन अनुकुल छ । कार्य सफलता र प्रिय व्यक्तिको साथ रहने हुँदा तपाइँ आनन्दित महशुस गर्नु हुनेछ । आर्थिक लाभ र भाग्य वृद्धिको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कुनै पनि खालको असंयमित र अनैतिक व्यवहारले तपाइँलाई समस्यामा पुर्याउन सक्दछ । दुर्घटनाबाट बच्नु होला । वाणीको शिथिलताले ठूलै समस्या निम्त्याउनेछ । संगी-सम्बन्धीको साथ मनमुटाव हुनेछ । मनोरंजनमा धन खर्च हुनेछ । शारीरिक, मानसिक व्यग्रता कम गर्नको निम्ति आध्यात्मिकता सहायक साबित हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट ताषा रहनु होला । परिणाम स्वरुप मानसिक थकानको अनुभव हुनेछ । विचारले अधिक सताउनेछ । क्रोध अधिक मात्रामा नहोस् यसको ख्याल राख्नु होला । ध्यान र आध्यात्मिकताले तपाइँको मनलाई शान्ती प्रदान गर्नेछ ।