वि.सं. २०७६ साउन २६, आइतबार, इ.स. २०१९ अगस्ट ११, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु। ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, एकादशी, १२:४९ उप्रान्त द्वादशी, नक्षत्र– मूल, २७:०६ बजेउप्रान्त पूर्वाषाढा, योग– वैधृति, १४:०२ बजेउप्रान्त विष्कम्भ, करण– भद्रा, १२:४९ बजेदेखि वव, २४:५१ बजेउप्रान्त वालव, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– धनु, सूर्योदय– ५:३२ बजे, सूर्यास्त– १८:४४ बजे र दिनमान ३२ घडी ९ पला। पुत्रदा एकादशी व्रत।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
स्फूर्ति र ताजापनको साथ दिनको शुरुवात हुनेछ । घरआम मिग्त्र तथा संगी-सम्बन्धीको आगमनले खुसियालीको माहोल रहन्छ । उनीहरु संगको आकस्मिक भेटले खुसी तुल्याउनेछ । आर्थिक लाभ हुने सम्भावना छ । प्रवासको तैयारी गर्नु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज कुनै पनि अविचारी कदम या निर्णय लिनु अघि ध्यान राख्नु आवश्यक छ । स्वास्थ्य खराब हुँदा मन निराश हुनेछ । परिवारमा स्नेहीजनको विरोधले मनमा ग्लानीको भावना आउनेछ । परिश्रमको उचित मुहाव्जा नपाउँदा मन निराश हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक, आर्थिक तथा पारिवारिक क्षेत्रमा लाभ हुनेछ । समाजमा मान-प्रतिष्ठामा वृद्धि हुनेछ । मित्रको तर्फबाट लाभ हुनुका साथै उनको निम्ति धन खर्च हुनेछ । सुन्दर स्थानआम पर्यटनको आयोजन हुँदा हर्षोल्लासपूर्ण दिन बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नौकरी व्यवसायमा शिर्ष अधिकारीहरुको प्रोत्साहनले उल्लासमा वृद्धि हुनेछ । पदोन्नतिको समाचार मिल्नेछ । माता तथा परिवारका अन्य सदस्यको साथ निकटता रहनेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आलस, थकानले कार्य गर्ने गतिमा कमि ल्याउनेछ । पेटको समस्याले अस्वस्थताको अनुभव गराउनेछ । क्रोधलाई नियन्त्रण गर्नु अति आवश्यक छ । धार्मिक कार्य या यात्रा प्रवासको भक्तिभावले मन शान्त राख्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वभावको उग्रताले कसैको साथ मनमुटाव गराउन सक्दछ । हितशत्रुले विघ्न ल्याउनेछन् । त्यसैले सचेत रहनु होला । नयाँ कार्यको शुरुवात नगर्नु होला । जलाशयबाट टाढा रहनु होला । अत्याधिक खर्चको योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कार्यओ बोझबाट हल्का हुनको लागी आज पार्टी, सिनेमा, नाटक या पर्यटनको आयोजना गर्नु हुनेछ । विपरीत लिंगीय व्यक्ति र प्रियतमा को साथ सामिप्यको आनन्द मिल्नेछ । सार्वजनिक मान- सम्मानको अधिकारी बन्नु हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन आकस्मिक घटना घट्नेछ । पूर्वनिर्धारित भेट रद्द हुँदा निराशा र क्रोधको भावना आउनेछ । हातमा आएको अवसर छुट्दै गरिएको अनुभव हुनेछ । पारिवारिक सदस्यको साथ मदभेद हुनेछ । आयको अपेक्षा भन्दा व्यव अधिक हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सन्तानको स्वास्थ्य र पढाईको विषयमा निकै चिन्ता रहनेछ । पेट सम्बन्धी समस्याले सताउनेछ । कार्य असफलताले निराशा ल्याउनेछ । क्रोधलाई नियन्त्रणमा राख्नु होला । साहित्य, लेखन तथा कला प्रति गहिरो रुचि रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ताजापन तथा स्फूर्तिको अभावले अस्वस्थताको अनुभव हुनेछ । मनमा चिन्ताको भावना रहनेछ । पारिवारिक सदस्यको साथ मनमुटाव हुँदा मनमा खिन्नता रहनेछ । समयमा भोजन र शान्त निन्द्राबाट वन्चित हुनु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन चिन्ता मुक्त हुँदा केहि राहतको अनुभव हुनेछ । उत्साहमा वृद्धि हुनेछ । मित्रको तर्फबाट लाभको अपेक्षा राखन सक्नु हुनेछ । स्नेहमिलन या प्रवासको माध्यमबाट मित्र एवम् स्वजनको साथ आनन्दपूर्वक समय व्यतित गर्ने मौका मिल्नेछ । दाम्पत्यजिवनमा अधिक घनिष्ठताको अनुभव हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आर्थिक आयोजनको निम्ति आजको दिन शुभ रहेको छ । निर्धारित कार्य पुरा हुनेछ । परिवारमा सुख शान्तीको वातावरण बन्नेछ । सुरुचिपूर्ण भोजन प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।