आजको राशिफल : वि.स.२०७५ साल चैत १२ गते। मंगलबार । ईश्वी सन्२०१९ मार्च २६ तारिख । नेपाल सम्बत् ११३९ । तपाईको दिन शुभ रहोस्

वि.सं. २०७५ साल चैत १२ गते। मंगलबार। इश्वी सन् २०१९ मार्च २६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– षष्ठी, २४:२४ बजेउप्रान्त सप्तमी। नक्षत्र– अनुराधा, ११:३४ बजेउप्रान्त ज्येष्ठा। योग– सिद्धि, २१:०९ बजेउप्रान्त व्यतीपात। करण– गर, १२:२४ बजेदेखि वणिज, २४:२४ बजेउप्रान्त भद्रा। आनन्दादिमा वज्र योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:०४ बजे, सूर्यास्त– १८:१७ बजे र दिनमान ३० घडी ३४ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज संसारिक विषयबात टाढा रहेर आध्यात्मिक विषयमा व्यस्त रहनु हुनेछ । यस विषयमा गहन चिन्ता शक्तिले तपाइँको सहायता गर्नेछ । रहश्यमय विद्या प्रति आज तपाइँको अधिक आकर्षण हुनेछ । आध्यात्मिक सिद्धि प्राप्त हुने योग छ । वाणीमा संयमता अपनाउनु पर्नेछ । आज कुनै पनि नयाँ कार्यको शुरुवात नगर्नु उचित हुनेछ । आकस्मिक धन लाभ हुने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिवारजनको साथ सामाजिक कार्यमा अथवा कुनै पर्यटन स्थलमा प्रवासको आनन्द प्राप्त गर्न सक्नु हुनेछ । व्यापारीगणको व्यापारमा वृद्धि हुने सम्भावना छ । सामाजिक क्षेत्रमा सफलता र यश-किर्ति प्राप्त हुनेछ ।आकस्मिक धनलाभको अधिक सम्भावना रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज तपाइँको दिन निकै राम्रो बित्नेछ । घरमा शान्ती र आनन्दको वातावरण रहनेछ । सुखमय प्रसङ्ग बन्नेछ । खर्च हुनेछ तर निरर्थक जाँदैन । आर्थिक लाभको सम्भावना रहेको छ । स्वास्थ्य राम्रो रहनेछ । कार्यमा यशको प्राप्ति हुनेछ । स्त्री मित्रको साथ भेट हुनेछ । रोकिएका कार्य सम्पन्न हुनेछन् । क्रोधको मात्रा अधिक रहनेछ । व्यर्थको उग्रतालाई हटाउनु होला । सहकर्मीको सहयोग मिल्नेच । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन तपाइँले थोरै सावधानी अपनाउनु पर्नेछ । शारीरिक एवम् मानसिक स्वास्थ्य बिग्रन सक्दछ । कुनै पनि नयाँ कार्यको लागी आजको दिन उचित छैन । मानसिक अशान्ती र निराशा तपाइँको मनमा छाइरहन्छ । खिन्नता रहनेछ । पेटको समस्याले सताउनेछ । आकस्मिक धन खर्च हुनेछ । अधिक कामुकता तपाइँको मन भंगको कारण बन्न सक्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको तपाइँको दिन शुभ फलदायी छैन । घरमा वाद-विवादको वातावरण रहनेछ । परिवारजनको साथ यस्तो घटना घट्नेछ जसले तपाइँको मनमा ठेस पुर्याउन सक्दछ । शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । मनमा स्धिक निराशता छाउनेछ । तपाइँ केहि अधिक सम्बेदन्शील अनुभव गर्नु हुनेछ । पानि तथा स्त्रीबाट सम्हालिएर रहनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज कुनै पनि कार्यमा नसोची नबुझी भाग नलिनु होला । मित्रको साथ राम्रो समय बित्नेछ । भावनात्मक सम्बन्धमा तपाइँ नरम रहनु हुनेछ । भाइ-बहिनि बाट लाभ मिल्नेछ । प्रतिस्पर्धीको सामना गर्न सक्नु हुनेछ । रहस्यमयी विधामा सिद्धि मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज तपाइँको मन द्विविधामा उल्झनेछ । निर्णय लिन नसक्दा तपाइँले नयाँ कार्य प्रारम्भ गर्नु तपाइँको लागी हितकारी नहुन सक्छ । आज सम्बन्धमा औपचारिकता राख्नु होला । मनमुटावको सम्भावना छ । प्रवास हितकारी साबित हुनेछ । आर्थिक लाभ हुने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आजको दिन साधारणतय नै बित्नेछ । सुख एवम् आनन्दको प्राप्ती हुनेछ । स्नेहीजनबाट उपहार मिल्दा मन प्रशन्न हुनेछ । प्रियजनको साथ भएको भेटघाट सफल रहनेछ । सुभ समाचारको प्राप्ती हुनेछ । आनन्ददायक प्रवासको सम्भावना हुनेछ । उत्तम वैवाहिक सुखको अनुभूति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन तपाइँको लागी कठिनाइले भरिपुर्ण हुनेछ । परिवारजनको स्काथ बहस हुनेछ । वाणीमा संयम राख्नु होला । मनको आवेशमा अंकुश लगाउनु पर्नेछ । अकास्मातबाट सम्हालिनु होला । शारीरिक स्वास्थ्य बिग्रन सक्छ । धन खर्च हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मित्र सम्बन्धिको साथको भेटले दिन आनन्दपूर्वक बित्नेछ । सामाजिक क्षेत्र, व्यापार तथा अन्य क्षेत्रमा तपाइँको लागी आजको दिन लाभदायक रहनेछ । जिवनसाथीको खोज गर्नेहरुलाई सरलतापूर्वक सफलता मिल्नेछ । प्रवास-पर्यटनको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन शुभ फलदायी रहनेछ । आज प्रत्येक कार्यमा सरलता संग सफलता प्राप्त हुनेछ । परिणाम स्वरुप तपाइँ मानसिक रुपले प्रफुल्लित रहनु हुनेछ । नोकरीमा शिर्ष अधिकारीहरुको प्रशन्नताको कारण पदोन्नतिको योग छ । धन प्राप्तिको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

मनको अस्वस्थताको कारण तपाइँ आज निराश रहनु हुनेछ । शारिरीमा थकान र आलस्य अनुभव हुनेछ । सन्तानको विषयमा चिन्ता रहनेछ । नकारात्मकतालाई महत्व नदिनु होला । आज कुनै पनि आवश्यक निर्णय नलिनु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया