वि.सं. २०७६ साल जेठ ८ गते। बुधबार। इश्वी सन् २०१९ मे २२ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, २७:११ बजेउप्रान्त पञ्चमी। नक्षत्र– पूर्वाषाढा, ३०:०१ बजेउप्रान्त पूर्वाषाढा। योग– साध्य, ११:०२ बजेउप्रान्त शुभ। करण– वव, १४:४३ बजेदेखि वालव, २७:११ बजेउप्रान्त कौलव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५७ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज निर्धारित कार्य सजिलै पुरा गर्न सक्नु हुनेछ । धार्मिक या मांगलिक अवसरमा उपस्थित हुनु हुनेछ । तिर्थ यात्राको योग छ । क्रोधमा काबु राख्नु होला । क्रोधको कारण कार्यालयमा मनमुटाव हुन सक्दछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हातमा लिएको कार्य समयमा पूरा नहुँदा निराषताको अनुभव गर्नु हुनेछ । कार्य सफलतामा थोरै विलम्ब हुनेछ । खान-पानको कारण स्वास्थ्य खराब हुनेछ । कार्यालय या व्यवसायमा अत्याधिक कार्यको कारण कार्यभारबाट थकानको अनुभव गर्नु हुनेछ । योग साधना र आध्यात्मिकताले मानसिक शान्ती प्रदान गर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आरामदायक र प्रसन्नतापूर्वक दिनको शुरुवात स्फुर्तीको साथ गर्नु हुनेछ । पाहुना र मित्रको साथ पार्टी पिकनिक र समूहभोजनको आयोजन हुनेछ । नयाँ कपडा, गहना र वहानको खरिदको योग छ । मनमा आनन्द व्याप्त रहनेछ । विपरीत लिंगीय पात्रको तर्फ आकर्षण अनुभव गर्नु हुनेछ । सार्वजनिक जीवनमा सम्मान मिल्नेछ र लोकप्रिय बन्नु हुनेछ । व्यापारमा भागीदारीको तर्फबाट लाभ हुनेछ । दापत्य सुखको प्राप्ति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन चिन्ता रहित र खुसीपूर्वक बित्नेछ । पारिवारिक सदस्यको साथ विशेष समय आनन्दपूर्वक व्यतित गर्नु हुनेछ । कार्यमा सफलता र यश मिल्नेछ । नौकरी पेशा गर्नेहरुको लागी नोकरीमा लाभ हुनेछ । साथी कार्यकर्ताको सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धीको चाल निष्फल जानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तपाइँ तन मन देखि स्वस्थ रहनु हुनेछ । आन्तरिक सृजनात्मकताले नयाँ स्वरुप प्रदान गर्न सक्नेछ । प्रिय व्यक्तिको साथ सुखद भेटघाट रहनेछ । सन्तानको प्रगतीको समाचार मिल्नेछ । विद्यार्थीको लागी निकै राम्रो समय छ । केही पुण्य कार्य हुनेछ । आध्यात्मिकवृत्ति बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाइँ थोरै प्रतिकुलताको साथ तैयार रहनु पर्नेछ । स्वास्थ्य ठिकै रहनेछ । मन पनि चिन्तित रहनेछ । माताको साथको सम्बन्धमा थोरै चिसोपन आउन सक्दछ । अथवा उनको स्वास्थ्यमा खराबी आउन सक्नेछ । स्वजनको साथ उग्र वादविवाद हुँदा मनमुटाव हुनेछ । स्वाभिमान भङ्ग नहोस् यसको ख्याल राख्नु होला । पानीबाट भय रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको श्रीगणेश गर्नको लागी अनुकुल दिन रहेको छ । भाग्यवृद्धि र धनलाभको सम्भावना छ । पारिवारिक र व्यवहारिक कार्यको निम्ति बाहिर जानु पर्नेछ । नजिकैको स्थानमा धार्मिक प्रवासको सफल आयोजन हुनेछ । विदेशबाट शुभ समाचार मिल्नेछ । भाई-बहिनिको साथ मैत्रीपूर्ण सम्बन्ध रहनेछ । तन मन देखी नै स्वस्थताको अनुभव गर्नु हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परिवारमा सुख शान्तीको वातावरण रहनेछ । संगी-सम्बन्धी र मित्रको आगमन हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । धार्मिक कार्यमा धन खर्च हुनेछ । अलंकार तथा सुगन्धित पदार्थको खरिद हुनेछ । वाणीको प्रभावले अन्य मानिसलाई मोहित गर्न सक्नु हुनेछ । धन लाभ हुनेछ । कुटुम्बिक प्रश्नको सुखद हल निस्कनेछ । विद्यार्थीलाई निश्चित रुपले सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लघ्न र सन्तानको सुख र स्वास्थ्यमा सुधार एवम् पढाईमा सफलताको लागी उत्तम समय छ । विदेश व्यापारबाट लाभ हुनेछ । धार्मिक एवम् मांगलिक कार्य हुनेछ । स्नेहीजन र मित्रको मिलनले आनन्दित रहनु हुनेछ । आर्थिक लाभ हुनेछ । जीवनसाथीको तर्फबाट सुख र आनन्द मिल्नेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । सुरुचिपूर्ण भोजन मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । मन व्याकुल रहनेछ । व्यवसायमा सरकारको हस्तक्षेप बढ्नेछ । धार्मिक कार्यमा धन खर्च हुनेछ । आध्यात्मिक र धार्मिक व्यवहारमा वृद्धि हुनेछ । शत्रुद्वारा सताइनु हुनेछ । आँखामा समस्या आउनेछ । स्त्री तथा सन्तानको चिन्ता रहनेछ । दुर्घटनाबाट बच्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मांगलिक कार्य र नयाँ कार्यको आयोजनको लागी अत्यन्त शुभ दिन छ । अविवाहितको विवाह आयोजित हुनेछ । पत्नी र सन्तानको शुभ समाचार मिल्नेछ । गृहस्थजीवन र दांपत्यजीवनमा सुख र सन्तोषको भावनाको अनुभव हुनेछ । मित्र मण्डल तथा ठुलाबडाको तर्फ बाट र नोकरी धन्दामा बहुविध लाभ प्राप्ती हुनेछ । आयको साधनमा वृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
हरेक कार्य सफलतापूर्वक सफल हुनेछ । नौकरी र व्यवसायमा पदोन्नति र वृद्धि हुनेछ । व्यापारीहरुको रोकिएको पैशा आउनेछ । पिताबाट लाभ हुनेछ । आर्थिक लाभ र परिवारमा आनन्द छाउनेछ । सरकारको तर्फबाट लाभ हुनेछ । सार्वजनिक मन-सम्मानमा वृद्धि र गृहस्थजीवनमा सुख शान्तीको अनुभव गर्नु हुनेछ ।