yhy

वि.सं. २०७५ साल चैत १९ गते। मंगलबार। इश्वी सन् २०१९ अप्रिल २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वादशी, ८:५३ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– शतभिषा, २५:०३ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– शुभ, २१:३४ बजेउप्रान्त शुक्ल। करण– तैतिल, ८:५३ बजेदेखि गर, २१:५५ बजेउप्रान्त वणिज। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १८:२१ बजे र दिनमान ३१ घडी ०२ पला। पञ्चक। देवपत्तनमा देशोद्धार पूजा। प्रदोष व्रत। वारुणी योग ८:५३ देखि २५:०५ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजको दिन शुभ रहनेछ । स्नेहीजन, मित्रजनको साथ सामाजिक कार्यमा व्यस्त रहनु हुनेछ । मित्रको तर्फबाट लाभ हुनेछ र उनीहरुको निम्ति धन खर्च हुनेछ । रमणीय स्थल भ्रमणको सौभाग्य मिल्नेछ । आकस्मिक धन लाभ एवम् सन्तान लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन राम्रो रहनेछ । नयाँ कार्यको आयोजना गर्न सक्नु हुनेछ । नोकरी र व्यवसायको लागी राम्रो दिन रहेको छ । नोकरी पेशा गर्नेहरुको लागी शिर्ष अधिकारीको कृपा दृष्टि रहनेछ । पुराना अपूर्ण कार्य पूर्ण हुने सम्भावना छ । पदोन्नतिबाट आर्थिक लाभ हुनेछ । उपहार र मान-सम्मान मिल्दा मन प्रशन्न रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन मानसिक रुपमा द्विविधा र उल्झन रहनेछ । शारीरिक रुपमा अशक्त र आलश्यको कारण कार्यमा उत्साह रहँदैन । पेट दुखाइको समस्या आउनेछ । व्यवसायमा वाधा उत्पन्न हुनेछ । सहकर्मीको सहयोग मिल्दैन । सन्तानको चिन्ता रहनेछ । आज कुनै पनि कार्यको प्रारम्भ नगर्नु नै उचित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कुनै नयाँ कार्यको प्रारम्भ नगर्नु होला । उपचार र शल्यचिकित्सा आज नगाराएकै राम्रो हुनेछ । क्रोधबाट टाढा रहनु होला । कामवृत्ति र चोरी जस्ता अनैतिक विचारमा संयमता अपनाउनु होला नत्र कार्य बिग्रन सक्दछ । सरकारी कार्यमा विघ्न आउनेछ । परिवारमा झगडा फसाद नहिस यसको ध्यान राख्नु होला ।

सिंह (मा, मि, मु, मे,मो, टा, टि, टु, टे)

आजको दिन मध्यम फलदायी रहनेछ । दाम्पत्य जिवन खासै राम्रो रहन्न । व्यापार क्षेत्रमा भागीदार बीच मनमुटाव हुन सक्दछ । तपाइँको स्वास्थ्य राम्रो रहँदा जीवनसाथीको स्वास्थ्यलाई लिएर मनमा चिन्ता छाउनेछ । विपरित लिंगीय व्यक्तिको साथ भेट हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन शुभ रहेको छ । घरमा सुख शान्तीको वातावरण छाउनेछ । मन प्रशन्न रहनेछ । सुखप्रद प्रसङ्ग बन्नेछ । तपाइँको स्वास्थ्य राम्रो रहनेछ । आर्थिक रुपबाट लाभ हुनेछ । यश प्राप्ति हुनेछ । सहकर्मीको पूर्ण सहयोग मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन सुख पूर्वक बित्नेछ । कल्पनाशक्ति र सिर्जनाशक्तिको श्रेष्ठ उपयोग गर्न सक्नु हुनेछ । सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ । प्रगती हुनेछ । स्त्री मित्रबाट सहयोग मिल्नेछ । शारीरिक स्फूर्ति र प्रफुल्लित मनको आभास हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आजको दिन शान्तीपूर्ण रुपले व्यतित गर्नु होला । मन चिन्ता ग्रस्त रहनेछ । सम्बन्धीको साथ अनबनको योग छ । स्वास्थ्यको विषयमा चिन्ता हुनेछ । स्त्री एवम् पानीबाट भय रहनेछ । दस्तावेजी कार्यवाहीमा खास ध्यान राख्नु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रहस्यमयी आध्यात्मिकताको रंगमा रंगिनु हुनेछ । बन्धु-बान्धवको साथ रामो व्यवहार रहनेछ । नयाँ कार्य प्रारम्भको निम्ति राम्रो समय छ । मित्र एवम् स्नेहीजनको साथ भेट हुनेछ । कार्य सफलता एवम् पप्रतिस्पर्धीको होडमा विजय मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शेयरमार्केट एवम् व्यापारमा पुँजी लगाउनु हुनेछ । आकस्मिक धन लाभ हुनेछ । परिवारजनको साथ विवादले गृहस्थी वातावरण बिग्रन सक्दछ । गृहिणीलाई कुनै कारणवश मानसिक असन्तोष रहनेछ । विद्यार्थीले अधिक परिश्रम गर्नु पर्नेछ । शारीरिक स्वास्थ्य मध्यम रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शारीरिक एवम् मानसिक रुपले उत्साहित रहनु हुनेछ । आर्थिक रुपले लाभदायी दिन रहेको छ । कुटुम्बीजन एवम् मित्रको साथ सर-सापट हुन सक्दछ । अध्यात्मिकता एवम् चिन्तनशक्ति राम्रो रहनेछ । मित्र एवम् स्वजनको तर्फबाट उपहार मिल्न सक्दछ । दाम्पत्य जिवन सुखमय रहनेछ । मनलाई नकारात्मक विचारबाट टाढा राख्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

अधिक मानसिक व्याकुलता रहनेछ । धार्मिक कार्यमा धन खर्च हुनेछ । पुँजी निवेशमा विशेष ध्यान राख्नु होला । एकाग्रताको कमि रहनेछ । स्वजनबाट आज टाढा रहनु होला । आध्यात्मिक कार्यमा दिन पूर्ण हुनेछ । कुनै सानो लाभले पछि ठुलो हानी होला यसको ध्यान राख्नु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया