मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तपाइँको मनले वैचारिक धरातलमा मानसिक व्यग्रताको अनुभव गर्नेछ । अपेक्षाकृत अधिक संवेदशीलता र भावनाले मनमा आर्द्रताको अनुभव हुनेछ । आज कसैको साथ वादविवादमा नउत्रिनु होला । नयाँ कार्यको प्रारम्भमा निष्फलता मिल्नेछ । जिवनसाथीको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक आयोजनको प्रारम्भमा केही अड्चन भएता पनि पूर्ण हुनेछ । मित्र तथा शुभेच्छुकको भेटले आनन्द प्रदान गर्नेछ । व्यावसायिक क्षेत्रमा सहकारपूर्ण वातावरण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । नयाँ कार्यको प्रारम्भ गर्न सक्नु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिनको प्रारम्भ शारीरिक र मानसिक स्वस्थताको साथ हुनेछ । परिवारजन र मित्रको साथ आनन्दपूर्वक समय बित्नेछ । अधिक खर्च नहोस् यसको पूर्ण ध्यान राख्नु होला । आर्थिक लाभ अवश्य हुनेछ यद्यपी मध्याहन पश्चात धनको आयोजन प्रारम्भमा हराएको अनुभव भएता पनि पछि पूर्ण हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
धनको आय आत्य र व्यय अधिक हुनेछ । आँखाको पिडाले निराश हुनुहुनेछ । मानसिक चिन्ता पनि रहनेछ । मध्याहन पश्चात समस्यामा परिवर्तन आउनेछ । आर्थिक दृष्टिले लाभ हुनेछ । शारीरिक र मानसिक परिस्थितिमा सुधार हुनेछ । पारिवारिक वातावरण आनन्दप्रद रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाइँको मनमा क्रोध र आवेशको भावना रहने हुँदा कसैको साथ व्यवहार गर्दा सम्हालिएर गर्नु होला । आरोग्यको लागी आजको दिन शुभ छैन । मनमा व्यग्रता रहनेछ । परिवारजनको साथ उग्रतापूर्ण व्यवहार हुन सक्दछ । मध्याहन पश्चात मनमा स्वस्थताको अनुभव हुनेछ । शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाइँको प्रातःकाल आनंदप्रद र लाभप्रद रहनेछ । व्यवसाय र व्यापारको क्षेत्रमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा तपाइँको प्रशंशा हुनेछ । परिवारमा आनन्दको वातावरण रहनेछ । मध्याहन पश्चात परिस्थितिमा प्रतिकुलता देखिनेछ । तपाइँको प्रफुल्लित मन अस्वस्थ रहनेछ । वाणीमा संयम राख्नु आवश्यक छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । व्यवसाय या व्यापारमा उत्साहपूर्वक कार्य गर्नु हुनेछ । पदोन्नति हुनेछ । सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । सामाजिक दृष्टिकोणले मान-सम्मानमा वृद्धि हुनेछ । धनको निवेशको लागी अनुकुल समय छ । परिवारमा सन्तान र पत्नीको तर्फबाट लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विरोधी तथा प्रतिस्पर्धीको साथ वादविवादमा नपर्नु होला । व्यवसाय या व्यापारमा परिस्थिति अनुकुल रहने छैन । सन्तानको साथ मतभेदको सम्भावना छ । मध्याहन पश्चात घर, कार्यालय या व्यावसायिक स्थलमा शिर्ष अधिकारीहरुको व्यवहार नकारात्मक रहनेछ । सरकारी कार्य पूर्ण हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
क्रोधले हानी हुने सम्भावना छ । शारीरिक र मानसिक अस्वस्थताको कारण चिन्तित रहनु हुनेछ । व्यावसायिक क्षेत्र शिर्ष अधिकारीको व्यवहार नकारात्मक रहनेछ । सन्तानको प्रश्नको विषयमा चिन्ताले सताउनेछ । महत्वपूर्ण कार्यमा कुनै ठोस निर्णय नलिनु होला । आज कुनै नयाँ कार्यको प्रारम्भ नगर्नु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वहान सुख मिल्नुका साथै मान-सम्मान पनि मिल्नेछ । मध्याहन पश्चात शारीरिक र मानसिक स्वास्थ्यमा खराबी आउनेछ । अधिक खर्च हुनेछ । स्वभावमा क्रोधको मात्रा अधिक रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाइँलाई कार्य-सफलता र यश-कीर्ति मिल्नेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । सामाजिकरुपमा मान-प्रतिष्ठामा वृद्धि हुनेछ । मध्याहन पश्चात मनोरंजनको कार्यक्रम बन्नेछ । जसमा मित्रम स्वजन पनि समावेश हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन निकै राम्रोसंग बित्नेछ । कलाको क्षेत्रमा अभिरुचि बढ्नेछ । विद्यार्थीको लागी राम्रो समय छ । घरमा सुख शान्तीको वातावरण बन्नेछ । प्रियपात्रको साथ भएको भेट आनन्ददायी रहनेछ । मध्याहन पश्चात आर्थिक लाभको संभावना छ । स्वभावमा क्रोधको मात्रा अधिक रहनेछ । मन तथा वाणीमा संयम राख्नु आवश्यक छ । अपूर्ण कार्य पूर्ण हुनेछन् ।



