मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
खर्चमा संयम राख्नु होला किनकी आज धन खर्चको विशेष योग रहेको छ । धन सम्बन्धी एवम् लेनदेन सम्बन्धी सबै सबै कार्यमा सावधानी अपनाउनु होला । कसैको साथ विवाद नहोस् यसको विशेष ध्यान राख्नु होला । परिवारजनको साथ मनमुटाव हुने सम्भावना छ र साथै स्वास्थ्य बिग्रन सक्दछ । आजको दिन मध्यम फलदायी रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाइँको दिन शुभ फक्दायी रहनेछ । रचनात्मक र कलात्मक शक्तिमा वृद्धि हुनेछ । मानसिक रुपबाट वैचारिक स्थिरताको अनुभव हुनेछ जसकारण पुरै लगनको साथ कार्य गर्न सक्नु हुनेछ । आफ्नो आर्थिक उत्तरदायित्व राम्रो संग निभाउन सक्नु हुनेछ । आर्थिक योजना बनाउन सक्नु हुनेछ । आभूषण, सौन्दर्य प्रसाधन र मनोरंजनमा धन खर्च हुनेछ । परिवारको सदस्यको स्काथ आनन्दपूर्ण समय बित्नेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शारीरिक तथा मानसिक अस्वस्थताको कारण आजको दिन निराशता पूर्वक बित्नेछ । शारीरिक कष्ट, विशेष गरि आँखामा पिडा हेन सम्भावना रहेको छ । परिवारजन र स्नेहीजनको साथ कुअनि घटना घट्ने सम्भावना रहेको छ । विचार नगरी आज कुनै पनि कार्य नगर्नु होला । तपाइँको बातचित या व्यवहारले कसैलाई कुनै भ्रम नहोस् यसको ध्यान राख्नु होला । दुर्घटनाबाट सम्हालिएअर रहनु होला । आयको अपेक्षा खर्च अधिक हुनेछ । मानसिक चिन्ताको कारण मन निराश रहनेछ । अनुचित कार्यमा शक्तिको व्यय हुनेछ । आध्यात्मिकता र इश्वरीय शक्ति साहायक सिद्ध हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन तपाइँको लागी निकै लाभकारी हुनेछ । आयमा वृद्धि हुनेछ । कुनै अन्य तरिकाले आर्थिक लाभ हुनेछ । मित्रको साथ भेट हुनेछ । स्त्री मित्रबाट विशेष लाभ हुनेछ । व्यापारमा लाभ हुनेछ । सन्तान र जीवनसाथीको सुख मिल्नेछ । विवाहको योग छ । सन्तानसंग भेट हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । चिन्ताबाट मुक्तिको अनुभव गर्नु हुनेछ । मित्रको साथ कुनै प्राकृतिक स्थानमा जाने योजना बन्न सक्दछ । आजको दिन भोजन सुखको लागी राम्रो रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायको निम्ति आजको दिन निकै राम्रो एवम् श्रेष्ठ रहेको छ । आजको हर कार्य सफलतापूर्वक सम्पन्न हुनेछ । शिर्ष अधिकारीको कृपा दृष्टि रहनेछ । आज तपाइँको प्रभुत्व चरम सिमामा रहनेछ । पिताको तर्फबाट लाभ हुन सक्छ । सरकारी कर्त्यमा लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । गृहस्थीजिवन मधुर्तापूर्ण हुनेछ । जमिन, घर एवम् सम्पतिको सम्झौता सफल रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन राम्रो रहनेछ । संगी-सम्बन्धीको साथ प्रवासको आयोजना हुन सक्दछ । स्त्री मित्रबाट लाभ हुने सम्भावना छ । धार्मिक कार्य तथा धार्मिक यात्रामा व्यस्त रहनु हुनेछ । भाइ-बन्धु बाट लाभको सम्भावना छ । आर्थिक लाभको दिन रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको शुरुवात गर्दा राम्रो हुनेछ । भाषा र व्यवहारमा संयम राख्नु तपाइँको लागी हितकारी हुनेछ । विरोधबाट टाढा रहनु होला । साथै हितशत्रुबाट सावधान रहनु होला । स्वास्थ्यको ध्यान राख्नु होला । रहश्यमाया कुरा र गुढविद्या प्रति आकर्षित रहनु हुनेछ । आध्यात्मिक सिद्धि प्राप्य्ता गर्न राम्रो समय छ । सम्भवत पानी र स्त्रीबाट टाढा रहनु होला । गहन चिन्तनबाट मनमा शान्ती प्राप्त गर्न सक्नु हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
तपाइँको आजको दिन केहि भिन्न तरिकाले बित्नेछ । स्वयम्को लागी समय निकाल्न सक्नु हुनेछ । मित्रको साथ घुमफिर, मोजमस्ती, मनोरंजन, छोटो पर्यटन तथा भोजन र वस्त्र परिधान इत्यादि बाट निकै आनन्दित महशुस गर्नु हुनेछ । मान-सम्मानमा वृद्धि हुनेछ र सम्मानित हुने सम्भावना छ । वहान सुख प्राप्त हुनेछ । प्रियजन संगको भेटले मन प्रशन्न रहनेछ । विवाहित सुखको पूर्ण आनन्द प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज तपाइँको लागी आर्थिक लाभको दिन छ । घरमा शान्ती तथा आनदको वातावरण रहनेछ ।मन प्रशन्न रहनेछ । नोकरी गर्नेहरुको लागी नोकरीबाट लाभ र सहकर्मीको सहयोग मिल्नेछ । मातृपक्षबाट राम्रो समाचार आउनेछ । प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ । वाणीमा संयम राख्नु होला । स्त्री मित्र संग भेट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मन चिन्ताग्रस्त र दुविधायुक्त रहनेछ । यस्तो मनोदशामा तपाइँ कुनै पनि कार्यमा दृढ निस्चय गर्न सक्नु हुँदैन । आजको दिन कुनै पनि महत्वपूर्ण कार्य नगर्नु होला । भाग्यले साथ दिने छैन । सन्तानको स्वास्थ्यको चिन्ता रहनेछ । कार्यालयमा उच्च अधिकारीहरु अप्रशान्नताको सामना गर्नु पर्नेछ । निरर्थक चिन्ता बढ्नेछ । सन्तानको साथ मदभेद हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाइँको स्वभावमा प्रेम छल्कनेछ । मानसिक रुपमा निराशताको अनुभव हुनेछ । दनोपार्जन सम्बन्धित योजना बन्न सक्नेछ ।स्त्रीको आभूषण, वस्त्र, सौन्दर्य प्रसाधनको पछाडी धन खर्च हुनेछ । माताबाट लाभ हुने सम्भावना छ । जमिन, घर एवम् वहान आदीको सम्झौतामा ध्यान राख्नु अति आवश्यक छ । विद्योपार्जन गर्नेहरुलाई विध्याप्रप्तीमा सफलता मिल्नेछ । स्वभावमा जिद्दीपना नल्याउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन शुभ फलदायी रहनेछ । सृजनात्मक र कलात्मक शक्तिमा वृद्धि हुनेछ । वैचारिक स्थिरताको कारण आफ्नो कार्य राम्रो संग सम्पन्न गर्न सक्नु हुनेछ । महत्वपूर्ण निर्णय लिनको लागी आजको दिन शुभ छ । जिवनसाथीको साथ राम्रो समय बित्नेछ । मित्रको साथ छोटो पर्यटनको सफल आयोजना हुनेछ । भाई-बन्धुबाट लाभ हुनेछ । कार्यमा सफलता मिल्नेछ । मान-सम्मान मिल्नेछ । प्रतिस्पर्धी माथि विजय प्राप्त गर्न सक्नु हुनेछ ।