कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज जेष्ठ २४ गते शुक्रबारको राशिफल !

वि.सं. २०७६ जेठ २४। शुक्रबार। इ.स. २०१९ जुन ७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। चतुर्थी, ९:३५ उप्रान्त पञ्चमी। नक्षत्र– तिष्य, २१:१४ बजेउप्रान्त अश्लेषा। योग– ध्रुव, २२:५८ बजेउप्रान्त व्याघात। करण– भद्रा, ९:३५ बजेदेखि वव, २०:२८ बजेउप्रान्त वालव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५६ बजे र दिनमान ३४ घडी २६ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज तपाइँ अतिशय संवेदनशीलताको अनुभव गर्नु हुनेछ । जस कारण कोही द्वारा तपाइँको भावनामा झट्का लाग्नेछ । घर या जमिनको दस्तावेज आज नगर्नु होला । मानसिक व्यग्रतालाई टाढा राख्नको लागी आध्यात्मिकता, योगको साहारा लिनु होला । स्त्री एवम् पानीबाट टाढा रहनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज तपाइँको मनमा ज्यादा संवेदनशील एवं भावुक्ता भरिएका विचारहरु आउनेछन् जसले मन द्रवित हुनेछ । आफ्नो कल्पना शक्तिले तपाइँ सर्जनात्मक काम गर्न सक्नु हुनेछ । कुनै आकस्मिक कारणले प्रवासको सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्तजन तथा मित्रको साथको भेटघाटले आनन्दको अनुभव गर्नु हुनेछ । आर्थिक योजनामा थोरै समस्या भएता पनि पछि सजिलै संग कार्य पुरा गर्न सक्नु हुनेछ । नोकरी धन्दामा अनुकूल वातावरण रहनेछ । मित्रको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन चिन्ता रहित र खुसीपूर्वक बित्नेछ । पारिवारिक सदस्यको साथ विशेष समय आनन्दपूर्वक व्यतित गर्नु हुनेछ । कार्यमा सफलता र यश मिल्नेछ । नौकरी पेशा गर्नेहरुको लागी नोकरीमा लाभ हुनेछ । साथी कार्यकर्ताको सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धीको चाल निष्फल जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

महिलाको विषयमा विशेष ध्यान राख्नु होला । वाणी व्यवहारमा समसाम राख्नु होला ।  तन मन देखि स्वस्थ रहनु हुनेछ । आन्तरिक सृजनात्मकताले नयाँ स्वरुप प्रदान गर्न सक्नेछ । प्रिय व्यक्तिको साथ सुखद भेटघाट रहनेछ । सन्तानको प्रगतीको समाचार मिल्नेछ । विद्यार्थीको लागी निकै राम्रो समय छ । केही पुण्य कार्य हुनेछ । आध्यात्मिकवृत्ति बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज तपाइँ थोरै प्रतिकुलताको साथ तैयार रहनु पर्नेछ । स्वास्थ्य ठिकै रहनेछ । मन पनि चिन्तित रहनेछ । माताको साथको सम्बन्धमा थोरै चिसोपन आउन सक्दछ । अथवा उनको स्वास्थ्यमा खराबी आउन सक्नेछ । स्वजनको साथ उग्र वादविवाद हुँदा मनमुटाव हुनेछ । स्वाभिमान भङ्ग नहोस् यसको ख्याल राख्नु होला । पानीबाट भय रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज निर्धारित कार्य सजिलै पुरा गर्न सक्नु हुनेछ । धार्मिक या मांगलिक अवसरमा उपस्थित हुनु हुनेछ । तिर्थ यात्राको योग छ । क्रोधमा काबु राख्नु होला । क्रोधको कारण कार्यालयमा मनमुटाव हुन सक्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज तपाइँको मन केहि चन्चल रहनेछ । जस कारण तपाइँलाई निर्णय लिन केहि समस्या हुनेछ । यस कारण कुनै महत्वपूर्ण कार्य गर्न सक्नु हुँदैन । प्रतिस्पर्धीको सामना गर्नु पर्नुका साथै नयाँ कार्य गर्ने प्रेरणा पनि मिल्नेछ । कुनै बौद्धिक या तार्किक चर्चामा भाग लिनु हुनेछ । छोटो यात्रा हुने सम्भावना छ । स्त्री वर्गले वाणीमा नियन्त्रण राख्नु पर्नेछ । साहित्य लेखनको लागी राम्रो दिन रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नु होला । कफ, स्वास र पेटमा समस्या आउन सक्दछ । शारीरिक र मानसिक रुपले अस्वस्थ रहनु हुनेछ । क्रोधमा नियन्त्रण राख्नु होला । पानीबाट टाढा रहनु होला । खर्च अधिक हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन सुख शान्ती र आनन्दमा बित्नेछ । मित्रको साथ राम्रो दिन बित्नेछ । स्वादिष्ट भोजन तथा नयाँ वस्त्र प्राप्त हुनेछ । विपरीत लिंगीय व्यक्ति प्रति विशेष आकर्षण रहनेछ । उनीहरुको साथको भेटघाट रोमाञ्चक हुनेछ । आज तपाइँको विचार स्थिर रहँदैन । भागेदारीमा लाभ हुनेछ । सार्वजनिक जिवनमा मान-सम्मान मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धनको आय आत्य र व्यय अधिक हुनेछ । आँखाको पिडाले निराश हुनुहुनेछ । मानसिक चिन्ता पनि रहनेछ । मध्याहन पश्चात समस्यामा परिवर्तन आउनेछ । आर्थिक दृष्टिले लाभ हुनेछ । शारीरिक र मानसिक परिस्थितिमा सुधार हुनेछ । पारिवारिक वातावरण आनन्दप्रद रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

क्रोधले हानी हुने सम्भावना छ । शारीरिक र मानसिक अस्वस्थताको कारण चिन्तित रहनु हुनेछ । व्यावसायिक क्षेत्र शिर्ष अधिकारीको व्यवहार नकारात्मक रहनेछ । सन्तानको प्रश्नको विषयमा चिन्ताले सताउनेछ । महत्वपूर्ण कार्यमा कुनै ठोस निर्णय नलिनु होला । आज कुनै नयाँ कार्यको प्रारम्भ नगर्नु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया