काठमाडौँ, करोडौँ भारतीय नक्कली नोट सहित नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक पाकिस्थानी नागरिकलाई पक्राउ गरेको छ ।
पाकिस्तानबाट कतारको दोह हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सरीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
कतारको दोहाबाट बिहान सवा ८ बजे नेपाल अवतरण गरेका प्रहरीले ६७ वर्षीय नासिर उद्धिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई विमानस्थल भित्र रहेको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो ।
त्यसैगरी युसुनको साथ हेका सोहेल खान र गाडी चालक सुजन रानामगर पनि पक्राउ परेका छन् । ठूलो परिमाणको भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको र उनीहरुसँग दुईवटा सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको बारे विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले पुष्टि गरेका छन् ।
नसिरुद्धिनको साथमा रहेको सुटकेसमा २ हजार दरको नोटको बण्डलहरु रहेको र हाल सम्म गन्दै जाँदा सुटेकेसमा रहेको नोट ४ करोड नाघिसकेको बताइएको छ ।
एक सुटकेश सकेर अर्को सुटकेशको नोट गन्ने कार्य भैरहेको बुझिएको छ ।