ओली तानाशाह हुन्, प्रधानमन्त्रीले माफी माग्नु पर्दछ : कांग्रस सभापति देउवा !

काठमाडौँ, बिहिबार नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नुपर्ने बताएका छन् ।

संसदमा प्रधानमन्त्रीले अमर्यादित शब्द बोलेर गल्ती गरेको र यस गल्ति बारे उनले माफी माग्नु पर्ने बताउँदै देउवाले भने, ‘ जथाभावी बोलिदिने, मान्छेबाट गल्ती हुन सक्छ, सरी है गल्ती भयो भन्नुपर्दैन ? ‘

प्रधानमन्त्री देउवाले गल्ति गरि माफी नमागेर तानाशाही प्रवृत्ति देखाएको उनको भनाइ छ । उनि भन्छन्, ‘ ओली तानाशाह हुन्, यीनीहरु गल्ती गर्ने तर गल्ती नै गरेको छैन जस्तो गर्ने खालका छन् । ‘

वैशाख २४ गते कांग्रेस सांसदहरुले संसदमा सोधेका प्रश्नको जवाफ दिन रोष्टममा गएका प्रधानमन्त्रीले सांसदको प्रश्नलाई निम्छरो भने पश्चात विवाद चर्किएको हो ।

प्रधानमन्त्रीले असंसदीय भाषा बोलेको भन्दै कांग्रेस सांसदले त्यसलाई रेकर्डबाट मेटाउन माग गर्दा प्रधानमन्त्रीले रोष्टमबाटै कांग्रेस सांसदसँग सवालजवाफ गरेका थिए ।

देउवाले सभामुखप्रति पनि आक्रोश पोख्दै भने, ‘ सभामुखले त डिलिट गर्छु पनि भन्न सक्नुभएन, कस्तो कमजोर सभामुख  ? ‘सभापति देउवाले प्रजातन्त्रमा संकट आएको हुँदा यसलाई बचाउन कार्यकर्ताहरु एकजुट भएर लग्न आग्रह समेत गरेका छन् ।

देउवाले कांग्रेस सच्चा समावेशी पार्टी भएको दावी गर्दै भने, ‘ दलित महिला मुस्लिम जनजाति, थारु सबैलाई आरक्षणको व्यवस्था गरेको छ । यस्तो व्यवस्था अरु कुनै पार्टीले गरेको छैन, त्यसैले नेपाली कांग्रेस सच्चा मानेमा समावेशी पार्टी छ । ‘

साथै सहमहामन्त्री डा प्रकाशसरण महतले कार्यकर्तालाई कम्युनिष्ट फुट्लान र हामी बलियो बनौंला भनेर नबस्न आग्रह गर्दै भने, ‘ पछिल्लो चुनावमा नेपाली कांग्रेसले विगतको तुलनामा राम्रो मत ल्याए पनि कम्युनिष्ट एक भएकाले जिते, उनीहरु फुटलान र जितौला भनेर भएन । एक अर्कालाई गाली गर्ने, निन्दा गर्न छोड्नुपर्छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया