काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार केन्द्रीय समितिको बैठकमा डा. शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गरेपछि सभापति देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि पार्टी सभापति बन्ने बताए ।
देउवाले भने, ‘‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ ।’
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कोइराला पक्षले पार्टी प्यालेसमा आफूविरुद्ध भेला गरकोमा रोससमेत प्रकट गरेका छन् । साथै, आफूविरुद्ध यसरी नै भेला गरिएको खण्डमा सभापति हुने उनको आशय थियो ।







