ओखलढुंगा जाँदै गरेको बस र सुमो ठोकिँदा ६ जना घाइते !

काठमाडौँ, काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको सुमो ठोकिँदा ६ यात्री घाइते भएका छन् । बा ४ ख ४४३४ नम्बरको बस र ना १ ज ७०९४ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका वडा न–५ स्थित मध्य पहाडी लोकमार्ग अन्तर्गत झगरेमा एक आपसमा ठोकिँको हो । उक्त दुर्घटनामा परेर घाइते भएका ६ यात्रु नै सुमोमा आइरहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

घाइते हुने मध्य सोलुखुम्बु मुगरी गाउँपालिका–३ की २२ वर्षीया धन कुमारी सार्की, सोलुखुम्बु जिल्ला नेले गाउँपालिका वडा न–१ बस्ने वर्ष ८० की देउ कुमारी खत्री सोहि ठाउँकी ३८ बर्षीया कृष्ण कुमारी खत्री, सोलुखुम्बु थुलुङग गाउँपालिका–१ की ४५ वर्षीया जाङ्म्मु शेर्पा, निजको छोरा ३ वर्षीय साङ्गे शेर्पा र सुमोका चालक सिन्धुपाल्चोक लिसङखु गाउँपालिका–५ का २४ वर्षीय राजेन्द्र बानिया रहेका प्रहरीले बताएको छ ।

उदयपुर घुर्मी स्थित आस्था लाईफ केयर सेन्टरमा उपचार भईरहेका घाइतेहरुको अवस्था सामान्य नै रहेको जीला प्रहरी कार्यालयले बताएको छ । बसका चालक फरार रहेका र बस तथा बस मालिकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया