एनसेल कर असुली बारे विद्यार्थी संगठनहरुले निकाले यस्तो संयुक्त विज्ञप्ती !

फाइल फोटो

काठमाडौँ, विभिन्न विद्यार्थी संगठनहरुले एनसेलसंग कर उठाउन माग गर्दै संयुक्त विज्ञप्ती जारी गरेका छन् । साथै उनीहरुले एनसेलले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको भन्दै आपत्ति जनाएका छन् ।

बिहिबार वाइसीएल नेपाल,अनेरास्वियु,युवासंघ नेपाल र अनेरास्ववियु(क्रान्तिकारी)विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा लेखिएको छ, ‘ सर्वोच्च अदालतको फैसललाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैया खेदजनक छ । कर तिर्न नपरोस् भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा चाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन । ‘

संगठनले जसरी पनि एनसेलबाट कर असुल गर्न नेपाल सरकार र सम्वद्ध निकायसँग अनुरोध गर्दै एनसेललाई यथाशीघ्र कर बुझाउन अपिल समेत गरेको छ ।

साथै विज्ञप्तीमा २४ घण्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दवावका कार्यकम्र घोषणा गरिने पनि जनाइएको छ । ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने कर निर्धारण गरेको छ ।

उक्त निर्धारण कर चित्त नबुझे पछि एनसेलले आइतबार सर्वोच्चमा रिट दर्ता गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया