विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो, नआत्तिनुस् सरकार तपाईंकै साथमा छ : प्रधानमंत्री ओली !

फाइल फोटो

काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

यस्तोमा प्रधानमंत्री के.पी ओलीले आफ्ना हरेक कार्यक्रम स्थगीत गरेर उक्त क्षेत्रमा गएका थिए । बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको कलैया अस्पतालमा उपचार हुन नसकेका २ घाइतेलाई सेनाको हेलिकप्टरमा राखेर सँगै काठमाडौं ल्याएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमंत्रीले आफु संगै ल्याएका २ मध्ये बाराका १० वर्षीय बुलम महम्मद अन्सारीलाई वीर अस्पताल र बाराकै सुनीता देव ठाकुरलाई टिचिङ अस्पताल महाराजगञ्ज पठाइएको छ । उनका अनुसार अन्सारीको स्पाइनल कर्ड भाँचिएको र ठाकुरको टाउको फुटेकाले कलैया अस्पतालमा उपचार हुन नसकेकोले काठमाडौं ल्याइएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले भने, ‘ फेटा गाउँपालिकाको उहाँले हवाई निरीक्षण गर्नु भयो त्यसपछि अस्पताल गएर बिरामी र बिरामीका आफन्तलाई भेट्नु भयो । अस्पताल प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। ‘

साथै प्रधानमंत्रीलाई दृत गर्दै संयोजक अधिकारीले भने, ‘ नआत्तिनुस् सरकार तपाईंकै साथमा छ,यो विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया