एक सातामा काठमाडौँको सडकबाट ९२ टन धुलो संकलन !

फाइल फोटो

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले गत बुधबारबाट इटालियन ब्रुमको माध्यमले सडक सफाइ शुरु गरेको थियो । आज एक साता पुग्दा काठमाडौंका सडकबाट ९२ टन धुलो संकलन भएको छ ।

राति ८ बजेदेखि बिहान ४ बजेसम्म ब्रुमरले सडक बढारिरहेका हुन्छन् । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले यसबारे जानकारी दिएको छ ।

हाल सम्म ब्रुमरले बानेश्वर, बालकुमारी, थापाथली, रत्नपार्क आसपास, पुतलीसडक, कलंकी र सोह्रखुट्टे क्षेत्रका सडक सफा गरेका छन् । महानगरका अनुसार संकलित धुलो टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिँदै आएको छ ।

महानगरको वातावरण प्रशासन महाशाखाकी प्रमुख सरस्वती पोखरेलका अनुसार ब्रुमरले करिब ६ सय किलोमिटर सडक बढारिसकेको छ । यस समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया