एक सातादेखि चीनबाट सामान आयात ब’न्द , तातोपानी नाकामा को’रोना हेल्थ डेस्क स्थापना

चौतारा, १६ माघ /  चीनमा फैलिएको नोवल को’रोना भा’इरस स’ङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

डेस्कमा स्वास्थ्य प’रीक्षणको व्यवस्था मिलाइएको र को’रोना भाइ’रसको लक्ष्य’ण देखिएमा बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताउनुभयो ।तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात ब’न्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिनुभयो ।

अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चि’कित्सकबाट स्वास्थ्य प’रीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ ।विसं २०७२ को भूकम्पबाट ब’न्द रहेको नाका गत जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो । एक दिने पासको व्यवस्था भए पनि नेपाली कामदालाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ । त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे पुनः फर्कनुपर्ने बा’ध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

त्यसैगारी कोरोना सं’क्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ। एक साता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ ।वुहान सहरबाट फैलिएको यो स’ङ्क्र’मणकै कारण वि’श्वभर फैलन सक्ने अनु’मान गरिएको छ। चीनले कोरोना भाइ’रसको बि’रुद्ध लड्नका लागि हरसंभव क’सरत गरिरहेको छ। ६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि बनाउन आँटेको अस्पतालको पनि संसा’रभर च’र्चा भैरहेको छ । अनेकौँ प्रयास गरिरहेको चीनले यसको औसधि पनि बनाएको खबर प्राप्त भएको छ ।

चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइना’का अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरस बिरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको छ । उक्त पत्रिकाका अनुसार यसको सफल परिक्षण पनि गरेको छ । यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको छ । जसका अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बि’रुद्ध लड्नका लागि स्प्रेको बिकास गरि सफल परीक्षण समेत गरिसकेको छ।

यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रे लाई मुखमा छर्केर कोरोना भाइरसको बि’रुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गर्न सकिन्छ ।यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको बताइएको छ । हुन त सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्ष सम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पीपल्ड डेली चीनको ट्वीटको कमेन्टमा पाइयो । यदि यो खबर सत्य हो भनें यस म’हामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया