काठमाडौँ, आजकल गाउँघरमा आलुबखडाका रुखहरु राताम्मे भएका छन् । हाल त बजारमा पनि जताततै आलुबखडा देख्न सकिन्छ । यो गर्मीमा पाइने मौसमी फल हो । खाँदा अमिलो-गुलियो मिश्रित स्वाद आउने यस फलमा भएको पोशाक तत्वले शरीरमा भएका रोगहरुसंग लड्ने क्षमता प्रदान गर्दछ ।
यस फल आवश्यक पोशाक तत्व र खनिज पदार्थले भरिपूर्ण हुन्छ । यसमा भिटामिन र डायट्री फाइबर भरपूर मात्रामा पाइन्छ । जसकारण यो स्वास्थ्यको निम्ति निकै लाभदायक हुन्छ । आउनुहोस् जानौँ आलुबखडाबाट स्वास्थ्यलाई मिल्ने फाइदाहरु :
पाचनतन्त्रको निम्ति लाभदायक
आलुबखडामा पाइने फाइबरले पाचनतन्त्रलाई सुचारु रुपले काम गर्न मद्दत पुर्याउँछ । आलुबखडा खाँदा पाचनतन्त्र स्वस्थ रहनुका साथै यसले पाचनसंग जोडिएका समस्याहरुलाई पनि निवारण गर्दछ । यसमा पाइने सोर्बिटोल र आईसेटिनले पाचनतन्त्रलाई स्वस्थ बनाई कब्जियत र अपचको समस्यालाई पनि हटाउँछ ।
मोटोपना घटाउँछ
यदि तपाइँ आफ्नो तौल कम गर्न चहानु हुन्छ भने तपाइँले आफ्नो डाइटमा सुकेको आलुबखडा शामिल गर्न सक्नु हुनेछ । सुकेको आलुबखडाले तौल कम गर्न निकै सहायता गर्दछ । यो फाइबरको निकै राम्रो श्रोत हो । तपाइँले यसलाई स्न्याक्सको रुपमा प्रयोग गर्न सक्नु हुनेछ । यस बाहेक आलुबखडाको जुस पिउनु पनि निकै लाभदायक रहन्छ । तर याद राख्नुहोस् यसको सिमित मात्रामा मात्र सेवन गर्नु फाइदाजनक हुन्छ । आलुबखडा खाँदा तपाइँको भोक नियन्त्रण भई यसले तौल कम गर्न मद्दत गर्दछ ।
रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण
आलुबखडाको सेवन गरि रक्तचापलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । यदि तपाइँलाई उच्च रक्तचापको समस्या छ भने दैनिक मात्रामा आलुबखडाको सेवनले तपाइँको रक्तचापलाई नियन्त्रणमा राख्दछ । यस बाहेक आलुबखडाले कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्दछ । यसमा भएको सोलियबल फाईबले तपाइँको शारिरमा भएको कोलेस्ट्रोलको मात्रालाई घटाई तपाइँलाई स्वस्थ रहन सहयोग गर्दछ ।
छालाको निम्ति
आलुबखडा एन्टी अक्सिडेन्ट गुणले भरपुर हुन्छ । यो तपाइँको छालालाई चमकदार र स्वस्थ राख्न निकै सहयोगी हुन्छ । तपाइँले आलुबखडाको फेस प्याक बनाएर अनुहारमा लगाउन पनि सक्नु हुन्छ । यसले तपाइँको अनुहारमा चमक ल्याउँछ ।