काठमाण्डौ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैँमाथि न्याय नगरेको बताए।
‘आगामि दिनमा दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने सकिने आधार के छ भन्ने विषयमा सोच्न आवश्यक हुन्छ । कहिले काँही मान्छे मोटाउँदा अत्यन्त मोटाएछ भने खुसी मनाउनु पर्ने हुन्छ । तर मान्छे कतिपय रोगको कारणले पनि मोटाएको हुन सक्छ । त्यसैले संरचनागत आधारको ठीक ढंगले पहिचान भएन भने शून्यको मोटाइ हुन्छ ।’
आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता अर्थ पुर्न नभएको बताए। उहाले आर्थिक दस्ताबेद अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छि लागि लागि निबन्ध लेखेजस्तो आएको जनाएका छन।
बिरालो बाँधेर श्राद्ध गरेजस्तो गरी सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको उहाको टिप्पणी छ।
साथ साथै बेपार घाटा बडेको र वित्तिय क्षेत्रको सुधार नगरेसम्म औद्योगिक अर्थतन्त्रको निर्माण गर्न नसकिने भन्दै बैंकबाट लिइने ऋणको व्याजदरमा आमुल सुधार गरि एक अंकको व्याजदर कायम गर्नेतर्फ राज्यको ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।
उहाँले देसमा भ्रष्टाचार मौलाएको र नियन्त्रण गर्ने निकायलाई बलियो बनाउनुपर्नेमा जोड दिनु भएको छ।
भिडियो हेरी आफ्नो प्रतिक्रिया दिनुहोस