काठमाडौँ, आमा वैदेशिक रोजगारमा विदेश गए पश्चात आफ्नै बावुले १४ वर्षीय छोरी माथि लगातार ४र वर्ष देखि बलात्कार गर्दै आएको कुरा सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार चितवनको कालिका नगरपालिका घर भएकी बालिकालाई आफ्नै बावुले विगत ४ वर्षदेखि बलात्कार गर्ने गरेको रहस्य गत बिहिबार खुलेको हो ।
बालिकाले विद्यालयकी शिक्षिकालाई बावुले पटकपटक बलात्कार गरि पिडा दिने गरेको बताए पश्चात यो रहश्य बाहिरिएको हो । उक्त रहश्य खुल्न आए पश्चात पीडक बावुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बालिका हाल माईती नेपालको संरक्षणमा छिन् ।
पिडित बालिकाले यस अघि नै मामाघरका सदस्यलाई सो कुराको जानकारी गराएपनि कुनै चासो नदिएपछि विद्यालयकी शिक्षिकालाई सुनाएको बताएकी छिन् ।
माईती नेपाल चितवनका संयोजक ईश्वर गिरीले घटनाको अनुसन्धान हुँदा सम्म बालिकालाई आफनो संरक्षणमा राखिने बताएका छन् ।