काठमाडौँ, महोत्तरीको रामगोपालपूर घर भएका ६० वर्षीय सूर्यदेव मुखियाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । शनिबार दिउँसो घरमा कोहि नभएको बेला पारी मुखियाले आफूलाई आगो लगाएका हुन् ।
उनले शरीरमा कपडा बेरी मट्टीतेल छर्केर आफूलाई आगो लगाएका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन् । मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लागेका र उपचारओ क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।
यस घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।