काठमाडौँ, विप्लब प्रतिबन्धमा सबैको आलोचनाको बीच बोले प्रधानमंत्री, उनले विप्लब समूहलाई चन्दा नदिन स्थानिय तहहरुलाई निर्देशन दिएका छन् ।
उनले यस प्रतिबन्ध बारे बोल्दै सरकारले कुनै पनि खालका विध्वंशकारी क्रियाकलापलाई स्वीकार नगरिने र कानुन बमोजिम यसलाई नियन्त्रण गरिने बताएका छन् ।
प्रधानमंत्री ओली भन्छन्, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।’
सरकारले विप्लबका क्रियाकलापहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय लिइसकेको कुरा बताउँदै प्रधानमंत्री ओली भन्छन्, ‘ त्यो, सरकारले गर्छ ।’