आज आईतबार देशभरको अदालत बन्द, यस्तो छ कारण !

फाइल फोटो

काठमाडौँ, आज आईतबार देशभरको अदालत बन्द हुने भएको छ । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज अदालत बन्द गर्न लागिएको हो ।

आज देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द रहने अदालतको पूर्ण बैठकले निर्णय गरेको हो । शनिबारसर्वाेच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाद्वारा जारी गरिएको विज्ञप्तिमा खत्रीको असामयिक निधनबाट न्याय, कानुन र मानव अधिकारका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

खत्री सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशका रूपमा लामो समयसम्म सेवारत थिए । उनले न्यायपालिकाको मूल्य र मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्‍याएको जनाइएको छ  ।

शनिबार पशुपतिको आर्यघाटमा खत्रीको अन्त्यष्टि गरिएको हो । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा गत बुधबार अल्जाइमर्स रोगका पीडित खत्रीको निधन भएको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया