काठमाडौँ, । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।