आँधीहुरी प्रभावितलाई ७५ लाख सहयोग !

फाइल फोटो

काठमाडौँ, एक साता अघिको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका थिए ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा नेपाल राष्ट्र बैंकले राहतका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सम्पन्न एक समारोहकाबीच बैंकले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हूने गरी ७५ लाखको चेक प्रधानमन्त्री केपी शार्मा ओलीलाई हस्तान्तरण गरेको हो ।

क्त समाराेहमा राष्ट्रिय वाणिज्य बैंक लि. संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गूरुङले प्रधानमन्त्री ओलीलाई ७५ लखाको चेक हस्तान्तरण गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया