काठमाडौँ, एक साता अघिको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आँधीहुरी पिडितलाई पाँच लाख भन्दा बढी रकम सहयोग गरेको छ ।
पिडितहरुको राहतको लागी संघका सदस्यहरु मार्फत स्वतःस्फूर्त रुपमा संकलित रकम पाँचलाख दुई हजार पाँचसय छयत्तर रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम प्रदेश नं.२ का मुख्यमन्त्री लालबावु राउतमार्फत राहत कोषमा हस्तान्तरण गरिएको छ ।