काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
उक्त क्षेत्रको अवलोकनको निम्ति प्रधानमंत्री देखि लिएर विभिन्न मंत्रीहरु गइसकेका छन् भने कतिपय जाने क्रममै छन् । यस्तैमा उक्त हावाहुरीबारे अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार पर्सा र बारा जाने भएका छन् ।
हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अध्यायन तथा अवलोकनको निम्ति वरिष्ठ मौसमविदहरु सुजन सुवेदी र अर्चना श्रेष्ठसहित अन्य मौसमविद्हरुको टोलि जाने भएको छ ।
मौसमविदहरुको अध्ययन अनुसार त्यस साँझ बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको थियो । यद्यपी कतिको वेगले हावाहुरी आयो ? के कारण आयो ? भन्नेबारे निर्क्यौल भने अझै भएको छैन ।
मौसमविद्हरुको भनाई छ, ‘ सानो क्षेत्रमा मात्रै क्षति पुग्ने गरी हावाहुरी आउनु सामान्य विषय नभएकाले यसको अध्यायन आवस्यक छ । ‘
मौसमविद सुवेदी भन्छन्, ‘ प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापिय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा नयाँ बादल विकास भएर त्यसपछि त्यो बादल दक्षिण पूर्वतर्फ बहेका कारण यसको प्रभाव बारा र पर्सामा परेको हुन सक्छ । ‘