काठमाडौँ, ठाडाबाट जलुके हुँदै प्यूठानको कोल्बोट जाँदै गरेको जिप अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका ५ जुकेनाको फुर्सामाटामा दूर्घटना भएको छ ।
ग १ ज ४८७६ नम्बरको जीप फुर्सामाटामा देउरालीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कपिलवस्तुका शिवराज नगरपालिका ५ चन्द्रौटाकी १८ वर्षीया सीता उपाध्याय रहेकी छिन् ।
दूर्घटनामा परि गम्भीर घाइते हुँदा उपचारका लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार १० जना सवार जिपका अरु कोहि घाइते छैनन् ।
जिप प्रहरी नियन्त्रणमा छ ।