काठमाडौँ, नायिका स्वेता खड्काको मनमा आफ्नो श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको मृत्युको घाउ अझै भरिएको छैन । उनि माथि फेरी अर्को बज्रपात आइ लागेको हो ।
चलचित्रको ‘ हेल्लो जिन्दगी ‘ को छायांकनको क्रममा लन्डन पुगेकी खडकालाई ज्वरो आउनुको साथै घाँटीमाथि र चिउँडो नजिकैको भागमा दुखाई बढेपछि उनले परिक्षण गराएकी थिइन् ।
चिकित्सकले टयुमर भएको र तत्काल शल्यक्रिया गर्न सुझाव दिए पश्चात उनि शल्यक्रियाको लागी नयाँ दिल्ली गएकी थिइन् । रोबोटिक सर्जरीको माध्यमबाट बायाँ कानको तल्लो भागमा बढेको ट्युमरको शल्यक्रिया राम्रै संग गरियो ।
शल्यक्रियापछि आफूले दोस्रो जिन्दगी पाएको उनले बताइन् । साथै उनले वरिष्ठ शल्यचिकित्सक डा. सुरेन्द्रकुमार दिवसले आफ्नो शल्यक्रिया गरेको पनि बताएकी छिन् ।
उनले सामाजिक संजाल मार्फत आफ्नो शल्यक्रिया बीएलके अस्पताल नयाँदिल्लीमा भएको जानकारी पनि दिएकी छिन् ।