काठमाडौं । अभिनेता सविन श्रेष्ठ फिल्मभन्दा अहिले युट्युब भिडियो बनाउन व्यस्त छन् । प्रेमिका तथा अभिनेत्री अनु शाहसँग मिलेर नयाँ–नयाँ भ्लग बनाउँदै उनी दर्शकसँग अन्तरक्रिया पनि गरिरहेका छन् ।
तर यतिबेला सविनको नयाँ योजना चाहिं फिल्मभन्दा शौचालय र हाइजिनमा काम गर्नु हो । काठमाडौंका पाँच सार्वजनिक शौचालयमा महिनावारीमा निःशुल्क प्रयोग गर्न सकिने स्यानिटरी प्याडको बाकस राख्ने योजना उनले अघि सारेका छन् ।
राष्ट्रिय सभागृह अगाडि, भूगोल पार्क, गोंगबु बसपार्क, गौशाला र नयाँ बानेश्वर सार्वजनिक शौचालयमा यी सुविधा दिलाउने सविनको योजना छ ।