कोरोना अपडेटः काठमाडौं उपत्यकामा ३१०७ सहित देशभर थपिए ५७४३ कोरोना संक्रमित, २६ जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, ५ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर ५७३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

गौतमका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ। देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ ।

देशमा कुल संक्रमितमध्ये ६८.७ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ छ।

यसै गरि २४ घण्टामा मृत्यु हुनेको संख्या २६ पुगेको छ। यो संगै मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया