काठमाडौँ, युडेन शेर्पा र रमेश न्यौपानेको व्यवसायीक साझेदारीमा युएईको बरदुबईमा कञ्चनजंगा नेपाली रेष्टुरेण्ट संचालनमा आएको छ । उक्त रेस्टुरेन्टको उद्घाटन बुधबार युडेनकी ३ वर्षीया छोरी रिधिमाको हातबाट रिबन खोलेर भएको थियो ।
उक्त रेस्टुरेन्ट नेपालीलाई लक्षित गरेर बनाइएको हो । त्यहाँ विभिन्न नेपाली परिकारहरु पाइन्छन् । बरदुबई नेपालीहरु छुट्टीको दिनमा जमघट हुने मुख्य स्थान हो ।
युडेन शेर्पाको एकल लगानीमा युएईको शारजाहस्थित अबुसाग्रामा अल साहिल अल जाईद नामको रेस्टुरेन्ट केहि महिना देखि संचालनमा छ । युडेन आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाकी श्रीमती हुन् ।