क्यालिफोर्नियामा दुई दशक यता कै सबैभन्दा शक्तिशाली भुकम्प !

काठमाडौँ, अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यता कै सबैभन्दा शक्तिशाली भूकम्प गएको बुझिएको छ । लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै केन्द्रविन्दु बनाएर गएको उक्त भुकम्पबाट केही क्षति पुगेको विवरण प्राप्त भएका छन् ।

भुकम्पको पराकम्पनले मानिसमा त्रास फैलाएको छ । उनीहरू नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका अग्निनियन्त्रकहरूले बताएका छन् ।

स्वतन्त्रता दिवसको दिन आएको यस भुकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ । स्थानीय भूगर्भविद प्राध्यापक जन रन्डलका अनुसार रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको छ ।

उनका अनुसार धेरै जनघनत्व भएका क्षेत्रभन्दा निकै पर केन्द्रविन्दु हुनु भाग्यशाली हो । सीएनएनसँग कुरा गर्दै नगरका मेय पेग्गी ब्रिडेनले भनिन्, ‘ हाम्रो निम्ति भूकम्प त नौलो होइन। तर यति ठूलो भूकम्प बेहोर्न भने बानी छैन । ‘

त्यस्तैमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया