अनुमति बालुवाको प्रशोधन ढुंगा गिट्टीको !

फाइल फोटो

काठमाडौँ,  ढुंगा, गिट्टी क्रसरका अधिकांश उद्योगहरु मापदण्डविपरीत सञ्चालित छन् भने कतिपयले बालुवा प्रशोधनको अनुमति लिएर ढुंगा र गिट्टी प्रशोधन तथा क्रसिङ गरिरहेका छन्  ।

सिन्धुली जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले गरेको अनुगमनमा यस्तो पाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख शंकर बर्मा तिवारी भन्छन्, ‘ ढुंगा र गिट्टी प्रशोधन गरिरहेको भेटियो । ‘

उनको अनुसार क्रसर उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता हुन्छन् र त्यहाँबाट उनीहरूले बालुवा प्रशोधन तथा निकासीको अनुमति लिएका हुन्छन्  ।

उक्त अनुगमनमा समितिका संयोजक तिवारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेलगायतको टोली खटिएका थिए ।

अनुगमन समितिका अनुसार सुनकोसी किनारका ६ वटा उद्योगमा अनुमन गरिएको र सबैले अनुमतिविपरीत काम गरिरहेको पाइएको हो । सिडिओ ढकालले भने, ‘ घरेलु तथा साना उद्योग विकास समितिमा बालुवा धुने भनी दर्ता भएका उद्योगहरूले अनियमित तरिकाले क्रसर उद्योगहरू सञ्चालन गरेको छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया