काठमाडौँ, केही दिनयता प्री मनसुन गतिविधि कमजोर भए संगै मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । बिहिबार देशको तराई भागमा पर्ने नेपालगंजमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।
नेपालगंजको बिहिबारको अधिकतम तापक्रम ४३ डिग्री मापन गरिएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको तापक्रम ४२ दशमलव ४ र दिपायलको तापक्रम ४० दशमलव ३ डिग्री मापन भएको छ ।
त्यसैगरी नेपालगंज, धनगडी र दिपायलको बुधबारको तापक्रम लगातार ४२ दशमलव २, ४२ दशमलव १ र ३९ दशमलव ४ डिग्री मानप गरिएको थियो ।
महाशाखाका अनुसार विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा सहित मध्य र पश्चिम तराईमा पनि गर्मी बढेको छ ।