चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृ*त्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृ*त्यु भएको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार घाइते र मृ*तक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।







