बाढी पहिरोमा परेकाको उद्धारमा खटिए २ हजार तालिमप्राप्त शसस्त्र प्रहरी

काठमाडौँ, २७ असार/लगातारको  वर्षासँगै आएको बाढी र पहिरोले मुलुकभर १७ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेकाको उद्धारका लागि सशस्त्र प्रहरी बलले देशभर दुई हजार भन्दा बढी तालिमप्राप्त जनशक्ति तैनाथ गरेको छ ।

‘दुई हजार जनशक्ति तालिम प्राप्त र उनीहरुको सहयोगको लागि अन्य जनशक्ति पनि उद्धारका लागि तैनाथ गरेको छौं,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले भने ।

यस्तै नेपाल प्रहरीलेसमेत देशभरका प्रहरीलाई उद्धारको लागि अलर्टमा रहन निर्देशन दिएको छ ।

नेपली सेनाले पनि विपद व्यवस्थापन र उद्धारमा खटिन विभिन्न बाहीनी र गणहरुलाई निर्देशन भएको सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले बताए ।

बाढी र पहिरो क्षेत्रमा आवश्यकता अनुसार सेनाको टोली जाने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया