हराइरहेको तारा एयरको जहाज यस्तो अवस्थामा फेला पर्‍यो

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको हो ।

मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् ।

यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया