महोत्तरी, १८ मङ्सिर / महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दु’र्घटनामा एक जनाको घटनास्थलमै मृ’त्यु भएको छ । सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दु’र्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घ’टनास्थलमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।
राति तीव्र गतिमा हाँकिएको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठो’क्किँदा दु’र्घटना भएको हो । दु’र्घटनामा परी गौशाला–८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो । घा’इते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको प्रहरीले जनाएको छ ।
कम चौडाइ भएको सडकको चारतिर (बर्दिबास, सम्सी, इटाटार र रजखोर) तर्फको सडकबाटो छुट्टिने सो चौरस्ता चोकमा यसअघि पनि बाक्लै दु’र्घटना हुँदै आएको छ । राति तीव्र गतिमा हाँकिएको मोटरसाइकल एकतिर मोड्ने क्रममा नियन्त्रण गुमेर पार्कमा ठो’क्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक पाचेले मोटरसाइकल हाँकेको र बलम्पाकी पछाडिको सिटमा बसेका बुझिएको प्रहरीले जनाएको छ ।






