युवतीलाई यातना दिएको भिडियो बाहिरीए संगै ‘धर्ती माता’ !

फाइल फोटो

काठमाडौँ, एक युवतीलाई कुटपिट गर्दै शारीरिक यातना दिएको निहुँमा आफुलाई धर्ति माता भन्दै चिनाउने विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

आफुमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै बुटवल बस्ने कुवरले केही समय अघि भद्रकाली मन्दिर परिसरमा  युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भए पछि प्रहरीले उनको खोजि गरेको थियो ।

उनलाई प्रहरीले शुक्रबार बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर ११ मा पनि उनले बुटवल ११ का विष्णु थापा र उनकी आमा झविमाया शिरिषमाथि धारिलो हतियार प्रयोग गरि यातना दिएकी थिइन् तर त्यस समय घटना प्रहरी समू पुगेता पनि दाबावमा पीडित पक्षले उजुरी फिर्ता लिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया