भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल ठूलो दलबल सहित प्रचण्ड निवासमा

काठमाडौँ – भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आएका छन्। गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ। तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतका अनुसार उनको नेपाल बसाइ अझ लम्बिनेछ।

रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ। सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ। गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो।

यसअघि पनि उनी रअका विशेष सचिवका रुपमा कार्यरत थिए। भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ।

सञ्चारकर्मीहरुले सोमवार विहान रअ का प्रमुख प्रचण्डलाई भेट्न निवासमै पुगेको देखेको दावी गर्दै समाचार बनाएका छन् । सञ्चारकर्मीहरुको दावी अनुसार सोमवार विहान करिब साढे ८ वजे रअ का प्रमुख सामन्त गोयल अन्य केही प्रतिनिधि सहित प्रचण्ड निवास पुगेका थिए । गोयललाई स्वागत गर्न प्रचण्ड आफै ढोकासम्म आएका थिए ।

गोयललाई भित्र लगेपछि मुख्य बैठकमा अन्य प्रतिनिधिसंगै उनीहरुबीच कुराकानी भयो । त्यपछि प्रचण्ड र गोयल मात्र माथिल्लो कोठातिर लागेको र उनीहरुबीच करिब आधा घण्टा गोप्य कुराकानी भएको दावी गरिएको छ । सञ्चारकर्मी टेकेन्द्र बुढाथोकीले सो दावी सहितको समाचार बाहिर ल्याएका छन् । प्रचण्डलाई भेट्न गायलसंगै अन्य प्रतिनिधिहरु तीनवटा भारतिय गाडीमा प्रचण्ड निवास पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया