भरतपुर । भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार दाहाललाई एक हजार २५२ मतको अग्रता छ ।
एमालेका विजय सुवेदीले ७९९४ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ९२४६ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ११०३५ मतका साथ अग्रता बनाइरहेका छन् ।






